1 Samuel 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?” “म जान्‍छु,” अबीशैले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?” अबीशैले जवाफ दिए “म जानेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” तब अबीशैले भने, “तपाईंसँग म जानेछु।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?” अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”