1 Samuel 26:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसंगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए।