1 Samuel 26:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अबीशैले दाऊदलाई भने, “आज राती परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा पारिदिनुभएको छ। अब मलाई उनको आफ्‍नो भालाले एकैपल्‍ट मात्र हानेर तिनलाई छेडी भूइँमा टसाउँन दिनुहोस्। मैले दुईपल्‍ट हिर्काउनुपर्दैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रो पल्ट प्रहार गर्नु पर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।”