1 Samuel 27:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्तमा भागेर जानु मेरो निम्ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्नेछन् र मलाई डर हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले यस्तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्। यसकारण पलिश्तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्न शाऊलले छोड्नेछन्, र म उनको पन्जाबाट उम्कनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।”