1 Samuel 27:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आकीशले दाऊदलाई विश्वास गर्थे र मनमा यसरी सोच्दथे, “तिनका आफ्ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्नो जीवनभरि नै मेरो सेवक भएर बस्नेछ” भनी आकीशले दाऊदमाथि विश्वास गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैं मेरो सेवा गर्नेछ।”