1 Samuel 27:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्‍वास्‍नीहरू तिनीसित थिए— एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले आफूसँग आफ्‍ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्‍नी, अर्थात्‌ यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।