1 Samuel 27:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा दाऊद र तिनका मानिसहरूले गशूर, गिज्री र अमालेकका मानिसहरूमाथि हमला गर्दथे। ती मानिसहरू त्यस इलाकामा धेरै दिनदेखि बसोबास गर्दैआएका थिए। तिनले तिनीहरूका देशका शूरसम्म र मिश्रदेशसम्मै लुटपाट गर्दथे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्कन्थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्मैका बासिन्दा भएर बसेका थिए।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।)
Nepali ERV (पवित्र बाइबल)
दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।