1 Samuel 27:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सबै पुरुष र स्त्रीहरूलाई मार्दथे र तिनका भेडा, गाई-गोरु, गधा, ऊँट र लुगाफाटासमेत लुट्दथे। त्यसपछि उनी आकीशकहाँ फर्किआउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्त्री कसैलाई पनि जीवित राख्दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए।