1 Samuel 28:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि पलिश्‍तीहरूले इस्राएलसित लडाइँ गर्न आफ्‍ना पल्‍टन भेला गरे र आकीशले दाऊदलाई भने, “यो कुरा तपाईंले निश्‍चय बुझेको हुनुपर्छ कि आफ्‍ना मानिसहरूसहित तपाईंले हाम्रापट्टि भएर लडाइँ गर्नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला पलिश्‍तीहरूले इस्राएलमाथि हमला गर्नलाई आफ्‍नो सेना भेला गरे। आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँग रणभूमिमा जानुपर्छ भन्‍ने तिमीलाई थाहै होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा पलिश्तीहरूले इस्राएलीहरूसँग लडाइँ गर्नका निम्ति आफ्ना सेनाहरू भेला गरे। तब आकीशले दावीदलाई भने, “तिमी र तिम्रा मानिसहरू मेरो सेनाको साथमा हुनुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा होस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला पलिश्तीहरूले इस्राएलमाथि आक्रमण गर्न सेनाहरू भेला गराए। आकीशले दाऊदलाई भने, “तपाईंले त्यो जान्नु पर्छ तपाईं र तपाईंका मानिसहरू इस्राएलको विरूद्ध युद्धमा मसँग जानुपर्छ।”