1 Samuel 28:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले शाऊललाई भने, “किन तिमीले मलाई अशान्‍तिमा पार्‍यौ? मलाई किन आउन लायौ?” शाऊलले जवाफ दिए, “म महाकष्‍टमा छु। पलिश्‍तीहरूले मसित लडाइँ गर्दै छन् र परमेश्‍वरले मलाई त्‍याग्‍नुभएको छ। उहाँले मलाई सपनामा वा अगमवक्ताहरूद्वारा कुनैले पनि उत्तर दिनुहुन्‍न। यसकारण मैले तपाईंलाई बोलाएँ। मैले के-कसो गर्नुपर्छ, तपाईंले भनिदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शमूएलले शाऊललाई भने, “मेरो शान्‍तिलाई तिमीले किन भङ्ग गरेर मलाई माथि ल्‍यायौ?” शाऊलले जवाफ दिए, “म ठूलो सङ्कष्‍टमा परेको छु। पलिश्‍तीहरूले मलाई पेलिरहेका छन्, र परमेश्‍वरले मलाई त्‍याग्‍नुभएको छ। उहाँले न त अगमवक्ताद्वारा न दर्शनद्वारा मलाई जवाफ दिनुहुन्‍छ। के गर्नुपर्ने सो मलाई बताइदिनुहोस्‌ भनी मैले तपाईंलाई बोलाएको हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले शाऊललाई भने, “तिमीले मलाई माथि बोलाएर किन मेरो शान्ति भङ्ग गर्‍यौ?” शाऊलले शमूएललाई भने, “म ठूलो सङ्कष्‍टमा छु। पलिश्तीहरूले मेरो विरुद्धमा लडाइँ गरिरहेका छन्। परमेश्‍वर मदेखि टाढा हुनुभएको छ। उहाँले मलाई अगमवक्ताद्वारा र सपनाद्वारा जवाफ दिन छोड्नुभएको छ। यसकारण मैले के गर्नुपर्छ, सो कुरा मलाई भनिदिनुहोस् भनी तपाईंलाई बोलाएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
शमूएलले शाऊललाई भने, “मलाई किन दुखः दिएको? मलाई किन बोलाएको?” शाऊलले भने, “म संकटमा छु। पलिश्तीहरू म सँग युद्ध गर्न आउँदैछन्, अब परमेश्वर मसित हुनु हुन्न। परमेश्वरले मलाई केही दिनुहुन्न। न त उहाँले कुनै अगमवक्ता न सपनामा केही भन्नु हुन्छ। यसकारण तपाईंलाई बोलाएको छु मलाई भन्नुहोस् म के गरौ?”