1 Samuel 28:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले भनेका कुरा सुनेर तुरुन्तै शाऊल भूइँमा लडेर तेर्सिए। तिनी दुर्बल भएका थिए किनभने त्यो दिन र राती तिनले केही खाएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुन्नेबित्तिकै शाऊल डरले तुरुन्तै भुइँमा लम्पसार परे, र तिनी निर्बल भए; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।