1 Samuel 28:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो आइमाई तिनको छेउमा गई र तिनलाई डराएका देखेर भनी, “हजुर, ममाथि निगाह राख्नुहोस्। तपाईंले भनेअनुसार गरेर मैले आफ्नो प्राण खतरामा हालें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो स्त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्यसले उनलाई भनी, “तपाईंले भन्नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्ति खतरामा हालें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीले शाऊललाई जोरसँग काँपिरहेका देखेर यसो भनी, “हेर्नुहोस्, तपाईंकी सेविकाले तपाईंको आज्ञापालन गरेकी छे। मैले आफ्नो प्राण आफ्नो हत्केलामा राखेर तपाईंले मलाई जे गर्नु भन्नुभयो, त्यही गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें।