1 Samuel 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले अस्वीकार गरे र केही खान्न भने। तर तिनका भारदारहरूले पनि तिनलाई खानलाई बिन्ती गरे। अन्तमा तिनले आफ्नो ढिपी छोडे र भूइँबाट उठी पलङ्गमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शाऊलले खान इन्कार गरे। जब उनका सेवकहरूले पनि त्यस स्त्रीले भनेको कुरामा जोड़ गरे तब उनी सहमत भए, र भूइँबाट उठेर पलङ्गमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शाऊलले अस्वीकार गरेर भने, “म खानेछैनँ।” तर तिनका मानिसहरूले ती स्त्रीसित मिलेर तिनलाई बिन्ती गरे। अनि तिनले तिनीहरूका कुरा सुनेर भुइँबाट उठेर पलङमाथि बसे।
Nepali ERV (पवित्र बाइबल)
तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।” शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे।