1 Samuel 28:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएल मरिसकेका थिए र सबै इस्राएलीहरूले तिनको निम्‍ति विलाप गरेर तिनकै सहर रामामा गाडेका थिए। शाऊलले सबै ज्‍योतिषीहरू र भूत-प्रेत खेलाउनेहरूलाई इस्राएलबाट धपाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्‍ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब शमूएल मरिसकेका थिए। सारा इस्राएलले तिनको निम्ति शोक गरेर तिनलाई तिनको आफ्नै सहर रामामा गाडेका थिए। शाऊलले तन्त्रमन्त्र गर्ने र भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए।