1 Samuel 28:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शाऊलले भारदारहरूलाई आज्ञा गरे, “एउटी भूत-प्रेत खेलाउने स्त्री खोज र म गएर त्योसित सल्लाह लिनेछु।” “एउटी त्यस्ती आइमाई एन्दोरमा छे,” तिनीहरूले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उनले आफ्ना सेवकहरूलाई भने, “मेरो निम्ति कुनै एउटी मन्त्रतन्त्र गर्ने स्त्रीलाई खोजिदेओ, र म त्यसकहाँ गएर सोधपूछ गर्नेछु।” एन्दोरमा त्यस्ती स्त्री छे भनी उनका सेवकहरूले उनलाई बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शाऊलले आफ्ना सेवकहरूलाई भने, “मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्लाह लिन सकूँ।” तिनीहरूले भने, “यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।”
Nepali ERV (पवित्र बाइबल)
अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।” तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”