1 Samuel 29:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँच पलिश्ती राजाहरू सय-सय र हजार-हजारका सङ्ख्यामा आफ्ना मानिसहरूलाई लिएर हिँडे र दाऊद र तिनका मानिसहरू राजा आकीशको सँगसँगै तिनको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्ती शासकहरूले सय-सय र हजार-हजारका पङ्क्तिमा आफ्ना फौजलाई अगि बढ़ाइरहेका थिए, अनि दाऊद र तिनका मानिसहरू आकीशसँग पछिल्लो पङ्क्तिमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्क्तिमा हिँड्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती अगुवाहरूले सय र हजारको संख्यामा मानिसहरूलाई अघि बढाए। दाऊद र तिनका मानिसहरू आकीशको पछिल्तिर लागे।