1 Samuel 29:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पलिश्‍ती सेनापति आकीशसित रिसाए र तिनलाई यसो भने, “त्‍यस मानिसलाई तपाईंले दिनुभएको नगरमा फर्काइदिनुहोस्। त्‍यो हामीसित लडाइँमा नजाओस्। लडाइँ भइरहेको बेलामा त्‍यो हाम्रा विरुद्धमा जाला। हाम्रा मानिसहरूलाई मार्नुबाहेक अर्को कुन अझ असल उपाय होला, जसद्वारा त्‍यसले आफ्‍ना राजाको निगाह पाउन सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पलिश्‍ती सेनापतिहरू क्रोधित भए, र आकीशलाई भने, “त्‍यस मानिसलाई तपाईंले दिनुभएको ठाउँमा पठाइदिनुहोस्‌। त्‍यसले हाम्रा साथ दिएर लड़ाइँ नगरोस्, नत्रता लड़ाइँमा त्‍यसले हामीलाई विश्‍वासघात गर्ला। हाम्रो प्राण लिएर आफ्‍नो मालिकको निगाह प्राप्‍त गर्न त्‍यसलाई यसभन्‍दा राम्रो मौका अरू के होला र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र?
Nepali ERV (पवित्र बाइबल)
तर पलिश्ती कप्तानहरू आकीशसँग रिसाए। तिनीहरूले भने, “दाऊदलाई फर्काउनुहोस्। तपाईंले दिनुभएको शहरमा उ फर्कनु पर्छ। रणभूमिमा उ हामीसित जान सक्दैन। नत्रभने हाम्रो आफ्नै छाउनी भित्र शत्रु हुनेछ। उसले आफ्नो राजालाई खुशी पार्न हाम्रै मानिस मार्नेछ।