1 Samuel 29:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तपाईंको कुरा मान्छु,” आकीशले भने, “म तिमीलाई परमेश्वरको दूतजस्तै विश्वासयोग्य ठान्छु। तर यी अरू राजाहरू भन्छन् कि तिमी हामीसित लडाइँमा जान सक्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकीशले दाऊदलाई जवाफ दिए, “म यो कुरा मान्छु कि तिमी मप्रति परमेश्वरका दूतजस्तै सच्चा भएका छौ, तर तिमी तिनीहरूका साथमा लागेर लड़ाइँ गर्न जानुहुँदैन भनी पलिश्तीहरूका सेनापतिहरू जिद्दी गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्टिमा परमेश्वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’
Nepali ERV (पवित्र बाइबल)
आकीशले जवाफमा भने, “मलाई थाहा छ तिमी असल मानिस हौ। तिमी परमेश्वरका स्वर्गदूत हौ। तर पलिश्ती सेनापतिहरूले भन्दैछन्, ‘दाऊद हामीसित युद्ध भूमिमा जान सक्दैन।’