1 Samuel 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा बालक शमूएलले एलीका अधीनमा रही परमप्रभुको सेवा गरेका बेलामा परमप्रभुको वचन र दर्शन दुवै कम पाइन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, अनि दर्शन पनि उस्तो दिइँदैनथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसंग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन।