1 Samuel 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले एलीलाई पहिले नै, ‘तेरा छोराहरूले मेरो विरुद्धमा भ्रष्‍ट कुरा गरेका कारणले म तेरो परिवारलाई सदाकालको निम्‍ति दण्‍ड दिनेछु’ भनी भनिसकेको छु। तिनीहरूले त्‍यसो गर्दै छन् भनी एलीले जान्‍दथ्यो; तर त्‍यसले तिनीहरूलाई रोकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्‍यसलाई भनेको थिएँ, कि म त्‍यसका परिवारको सधैँ इन्‍साफ गर्नेछु, किनभने परमेश्‍वरको विरुद्धमा त्‍यसका छोराहरूले आफूलाई घृणास्‍पद बनाएका जानेर पनि त्‍यसले तिनीहरूलाई रोकेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन।
Nepali ERV (पवित्र बाइबल)
मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैंको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्।