1 Samuel 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म एलीका परिवारलाई गम्‍भीरतासाथ भन्‍दै छु कि यस भयङ्कर पापको फल कुनै बलिदान वा भेटीले कहिल्‍यै मेट्‍न सक्‍नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।”