1 Samuel 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दगुरेर एलीकहाँ गई भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले उत्तर दिए, “मैले तँलाई बोलाइनँ, गएर सुत्।” शमूएल गएर ओछ्यानमा सुते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि दगुरेर एलीकहाँ गएर तिनले भने, “तपाईंले मलाई बोलाउनुभयो। म यहाँ छु।” तर एलीले भने, “अँहँ, मैले तँलाई बोलाइनँ। जा, गएर सुत्।” तब तिनी गएर सुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के।
Nepali ERV (पवित्र बाइबल)
शमूएलले सोचे एलीले उसलाई बोलाएको यसकारण शमूएल हतारीएर एलीकहाँ गए। शमूएलले आफ्नो उपस्थिति जाहेर गरेर भने, “तपाईंले मलाई बोलाउनुभयो, म यहाँ छु।” तर एलीले भने, “मैले तिमीलाई बोलाएको होइन। आफ्नो ओछ्यानमा गएर सुत” शमूएल आफ्नो ओछ्यानमा गए।