1 Samuel 30:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई दिनपछि दाऊद र तिनका मानिसहरू सिक्‍लगमा आइपुगे। अमालेकीहरूले यहूदाको दक्षिणमा छापा मारी सिक्‍लगमा आक्रमण गरेका थिए। तिनीहरूले आगो लाएर सहर भस्‍म पारेका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्‍लगमा पुगे। त्‍यस बेला अमालेकीहरूले नेगेव र सिक्‍लग लूटपीट गरेका थिए। सिक्‍लगमा आक्रमण गरेर उनीहरूले त्‍यसलाई आगो लगाइदिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।