1 Samuel 30:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र त्यसले दाऊदलाई तिनीहरूकहाँ पुर्यायो। छापामारहरू जहीँतहीँ छरिएर चारैतिर खाँदै-पिउँदै र उत्सव मनाउँदै थिए किनभने तिनीहरूले धेरै धन-सम्पत्ति पलिश्त र यहूदाबाट लुटेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले बाटो देखाउँदै दाऊदलाई तल लग्यो। त्यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।