1 Samuel 30:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट मिरमिरे उज्‍यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्‍म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्‍न पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्‍म लड़ाइँ गरे। उनीहरूमध्‍ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढ्ढेर गए।