1 Samuel 30:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै कुरा छोडिएन। दाऊदले आफ्ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए।
Nepali ERV (पवित्र बाइबल)
कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनःप्राप्त गरे।