1 Samuel 30:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊदसित जाने निच र बेकामका कति मानिसहरूले यसो भने, “यिनीहरू हामीसित गएनन् र हामी तिनीहरूलाई लुटका कुनै पनि धन दिनेछैनौं। तिनीहरू आ-आफ्ना स्वास्नी र छोरा-छोरीहरू लिएर जाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दाऊदसँग भएका कति जना दुष्ट र गोलमाल मच्चाउने मानिसहरूले बीचैमा कुरा काटी तिनलाई भने, “यी मानिसहरू हामीसँग गएनन्। हामीले फिर्ता ल्याएका लूटका मालबाट हामी तिनीहरूलाई केही पनि भाग लाउनेछैनौं, केवल तिनीहरूले आ-आफ्ना पत्नी र छोराछोरी लैजाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्चाहरू भने लैजाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”