1 Samuel 30:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब दाऊद सिक्लगमा फर्किगए, तिनले लुटका मालको केही हिस्सा आफ्ना साथी यहूदाका अगुवाहरूकहाँ यसो भनी पठाए, “परमप्रभुका शत्रुहरूबाट हामीले लिएका लुटको धनबाट यो इनाम तपाईंहरूलाई टक्र्याउँदै छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद सिक्लगमा आइपुगे, तब तिनले लूटका केही माल आफ्ना मित्रहरू, यहूदाका धर्म-गुरुहरूलाई यसो भनेर पठाए, “परमप्रभुका शत्रुहरूबाट लिएका लूटका मालदेखि यी तपाईंहरूका निम्ति सौगात हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”