1 Samuel 30:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमप्रभुलाई सोधे, “के म ती छापामारहरूका पछि जाऊँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई खेदेर जा, तैँले तिनीहरूलाई भेट्टाउनेछस् र कैदीहरूलाई छुटाउनेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊदले परमप्रभुलाई सोधे, “के म यी लूटपीट गर्नेहरूलाई खेदूँ? के म उनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “उनीहरूलाई खेद्‌। तैंले उनीहरूलाई भेट्टाएर सबैलाई छुटाउनेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्‍चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौ? म तिनीहरूलाई पक्रन सक्छु?” परमप्रभुले भन्नु भयो, “पछ्याऊ तिनीहरूलाई। पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बचाउन सक्छौ।”