1 Samuel 31:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीहरूले इस्राएलीहरूसित गिल्‍बो पहाडमा लडाइँ गरे। त्‍यहाँ धेरै इस्राएलीहरू मारिए र बाँचेकाहरू शाऊल राजा र तिनका छोराहरूसमेत भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्‍बो डाँड़ामा आफ्‍ना लाशहरूलाई छोड़ेर भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।