1 Samuel 31:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका सबैभन्दा वीर पुरुषहरू प्रस्‍थान भए र रातभरि हिंडेर बेथ-शान पुगे। तिनीहरूले पर्खालबाट शाऊल र शाऊलका छोराहरूका लाश निकालेर र ती याबेशमा ल्‍याई जलाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।