1 Samuel 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यिजरेलको बेसीको पल्‍लोपट्टि अनि यर्दन नदीको पूर्वमा बास गर्ने इस्राएलीहरूले इस्राएली सेना भागेका र शाऊल र तिनका छोराहरू मारिएका खबर सुने, तिनीहरू आ-आफ्‍ना सहरहरू छोडेर भागे। त्‍यसपछि पलिश्‍तीहरू आएर ती सहरहरू अधीनमा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्‍ना सहरहरू छोड़ेर भागे, र पलिश्‍तीहरू त्‍यहाँ गएर ती सहरहरूलाई कब्‍जा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
बेंसीको अर्कोपट्टि भएका इस्राएलीहरूले इस्राएलका सैनिकहरू भाग्दै गरेको देखे। तिनीहरूले शाऊल र तिनका छोराहरू मरेको देखे। यो देखेर ती इस्राएलीहरू आफ्नो शहर छाडेर भागे। त्यसपछि पलिश्तीहरू ती शहरहरूमा आएर बस्न लागे।