1 Samuel 4:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला इस्राएलसित लडाइँ गर्न पलिश्तीहरू भेला भए र इस्राएलीहरू तिनको सामना गर्न अघि बढे। इस्राएलीहरूले एबेन-एजेरमा अनि पलिश्तीहरूले अपेकमा आफ्ना छाउनी हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले अपेकमा छाउनी हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे। त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले।