1 Samuel 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले करारको सन्‍दुकबारे कुरा गर्दा एली आफू बसेको ढोकाको छेउमा भएको आफ्‍नो आसनबाट पछिल्‍तिर लडे। तिनी यति वृद्ध र मोटो भएका थिए कि त्‍यसरी लड्दा तिनको घिच्रो भाँचियो र तिनी मरे। तिनी चालीस वर्ष इस्राएलका अगुवा भइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका सन्‍दूकको विषयमा सुन्‍ने बित्तिकै ढोकाको छेउमा भएको आसनबाट एली पछिल्‍तिर लड़े, र उनको घाँटी भाँचिएर उनी मरे, किनभने उनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। उनी चालीस वर्षसम्‍म इस्राएलका अगुवा भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब त्यो मानिसले परमेश्‍वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब बिन्यामिनी मानिसले परमेश्वरको पवित्र सन्दूकको घटना बताए, एली ऊ बसेको कुर्सीबाट पछिल्तिर लडे, र तिनको मुन्टो भाँचियो, कारण एली साह्रै बूढा थिए र साह्रै मोटा थिए, उनी त्यही मरे। एलीले चालिस वर्षसम्म इस्राएलाई अगुवाइ गरेका थिए।