1 Samuel 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी मर्न लाग्‍दा सुँडेनीहरूले तिनलाई भने, “साहस गर! तिम्रो छोरो भएको छ!” तर तिनले त्‍यो कुरामा ध्‍यानै दिइनन् र जवाफ पनि दिइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यो मर्नै लागेकी थिई तब त्‍यसलाई स्‍याहार्ने स्‍त्रीहरूले भने, “हरेस नखाऊ, तिम्रो एक जना छोरो भयो।” तर तिनीहरूले भनेको कुराको त्‍यसले जवाफ दिइन, त्‍यसले ध्‍यानै दिइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिनी मर्नै लागेकी थिईन्, तिनलाई स्याहार्ने आइमाईहरूले तिनलाई भने, “नडराऊ! तिम्रो एउटा छोरा भयो।” तर एलीकी बुहारीलाई त्यस सुखको खबरले कुनै असर गरेन।