1 Samuel 4:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालकको नाम ईकाबोद राखेर तिनले यसो भनिन्, “इस्राएलबाट परमेश्वरको महिमा हरायो।” यसरी तिनले करारको सन्दुक कब्जामा परेको अनि आफ्ना ससुरा र लोग्ने मरेको कुरा प्रकट गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले यसो भनेर बालकको नाउँ ईकाबोद राखी, “इस्राएलबाट महिमा हरायो,” कारण परमेश्वरका करारको सन्दूक कब्जा गरिएको तथा त्यसका ससुरा र पतिको मृत्यु भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यसो भनेर बालकको नाम इकाबोद राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।