1 Samuel 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्यसको जिउ मात्र बचेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।
Nepali ERV (पवित्र बाइबल)
अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।