1 Samuel 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले अश्‍दोदका मानिसहरूलाई कडा दण्‍ड दिनुभयो र तिनीहरू डराए। उहाँले तिनीहरूलाई र छेउ-छाउका इलाकामा भएका मानिसहरूलाई गिर्खा ल्‍याइदिएर दण्‍ड दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका हातको प्रकोप अश्‍दोदका र त्‍यसको वरिपरि बस्‍ने मानिसहरूमाथि पर्‍यो। उहाँले उनीहरूलाई दिनसम्‍म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्‍के। उनीहरूका सहरहरूभरि नै मृत्‍यु र विनाश छायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले।