1 Samuel 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोरुहरू बेथ-शेमेश जाने बाटोमा हिंड्‍न थाले र सीधा बाटो नछोडी त्‍यो सहरतिर लागे। गोरु बाँ-बाँ गर्दै हिंडे। पाँच जना राजाहरू बेथ-शेमेशको सिमानासम्‍म गोरुको पछिपछि गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती गाईहरू बाटोभरि कराउँदै सीधै बेथ-शेमेशको दिशातिर लागे। अनि पलिश्‍तीहरूका शासकहरूचाहिँ बेथ-शेमेशको इलाकासम्‍मै तिनीहरूका पछिपछि गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।
Nepali ERV (पवित्र बाइबल)
गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।