1 Samuel 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले बेथ-शेमेशका सत्तरी जना मानिसहरूलाई मार्नुभयो किनभने तिनीहरूले करारको सन्‍दुकभित्र हेरेका थिए र परमप्रभुले तिनका माझमा यस्‍तो ठूलो संहार गर्नुभएकोले मानिसहरूले विलाप गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूमध्‍ये सत्तरी जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्‍दूकभित्र हेरेका थिए। परमप्रभुले यस्‍तो ठूलो विनाश ल्‍याउनुभएकोले मानिसहरूले विलाप गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे।
Nepali ERV (पवित्र बाइबल)
जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।