1 Samuel 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँका मानिसहरूले पूजाहारी र जादूगरहरूलाई बोलाएर सोधे, “परमप्रभुको करारको सन्दुकलाई हामी के गरौं? त्यसलाई त्यसको आफ्नो ठाउँमा पठाउने हो भने त्योसित के पठाउनू?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूले पूजाहारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, “परमप्रभुको सन्दूकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भन्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”