1 Samuel 6:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले किर्यत-यारीमका मानिसहरूलाई यसो भनी खबर दिनलाई मानिसहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको करारको सन्दुक फर्काएका छन्, आएर लैजाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले किर्यत-यारीम बासिन्दाहरूलाई यो समाचार पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्दूक फर्काइदिएका छन्। तल आएर त्यो तपाईंहरूको ठाउँमा लानुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।”
Nepali ERV (पवित्र बाइबल)
किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”