1 Samuel 6:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा देशमा उत्पात मच्चाउने गिर्खा र मुसाका नमुनाहरू तिमीहरूले बनाउनुपर्छ अनि इस्राएलका परमेश्वरलाई आदर दिनुपर्छ। सायद उहाँले तिमीहरू र तिम्रा देवी-देवता र देशलाई सजाय दिन रोक्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूका गिर्खा र देशलाई विध्वंस गर्ने मूसाहरूका नमूना बनाउनुहोस्, र इस्राएलका परमेश्वरलाई महिमा दिनुहोस्। शायद उहाँले तपाईंहरू, तपाईंहरूका देवताहरू र तपाईंहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशलाई नष्ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।