1 Samuel 6:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण कहिल्यै ननारेको एक जोर गोरु र एउटा गाडा तयार गर, गोरु गाडामा नार र तिनका बाछा-बाछीहरू गोठमा फिर्ता पठाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब कहिल्यै नजोतिएको दुई वटा दुहुना गाई र एउटा नयाँ गाड़ा तयार गर्नुहोस्, र ती गाईहरूलाई त्यस गाड़ामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।