1 Samuel 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको करारको सन्‍दुक ल्‍याएर गाडामा राख अनि त्‍यसको छेउमा तिम्रा पाप कटनीको निम्‍ति तिमीहरूले पठाउने सुनका नमुनाहरू अर्को बाकसमा राख। गाडालाई बाटो लगाइदेओ र त्‍यो आफैं बाटोमा जाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि परमप्रभुको सन्‍दूक लगेर त्‍यस गाड़ामा राख्‍नुहोस्, अनि त्‍यसकै छेउमा एउटा कन्‍तुरमा तपाईंहरूले उहाँलाई पठाउने सुनको दोषबलि हाल्‍नुहोस्, र त्‍यो गाड़ालाई आफ्‍नो बाटोमा जान दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सन्दुकलाई लगेर गाडामा राख, र त्यसको छेउमा एउटा कन्तुरमा तिमीहरूले उहाँलाई दोषबलिको रूपमा पठाउन लागेका ती सुनका सामग्रीहरू राख। अनि गाडालाई आफ्नो बाटो लगाइदेओ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाढा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ।