1 Samuel 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शमूएलले बलि चढाउँदै गरेको बेलामा हमला गर्न भनी पलिश्‍तीहरू अघि बढे। तर ठीक त्‍यति बेला नै तिनका विरुद्धमा परमेश्‍वर गर्जनुभयो। तिनीहरूका बीचमा पूरा खलबली मच्‍चियो र तिनीहरू डराएर भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शमूएलले होमबलि चढ़ाइरहँदा, पलिश्‍तीहरू इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई अगि बढ़े। तर त्‍यस दिन परमप्रभु पलिश्‍तीहरूका विरुद्धमा ठूलो सोरले गर्जनुभयो र पलिश्‍तीहरूका बीचमा खलबली पार्नुभयो। आतङ्कले भरिएर उनीहरू इस्राएलको सामुबाट भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।
Nepali ERV (पवित्र बाइबल)
जब शमूएलले होमबलि अर्पण गर्दैथिए पलिश्तीहरू युद्ध गर्न अघि बढे। तर परमप्रभुले पलिश्तीहरूका छेवैमा प्रचण्ड गर्जन उत्पन्न गराउनुभयो। पलिश्तीहरूले बुझ्नै सकेनन्। त्यस गर्जनले पलिश्तीहरू डराए र तितर-बितर भए। तिनीहरूका शासकले पनि त्यो अवस्थालाई नियन्त्रण गर्न सकेनन्। यसरी इस्राएलीहरूले पलिश्तीहरूलाई हराए।