1 Samuel 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शमूएलले एउटा ढुङ्गा लिएर मिस्पा र शेनका बीचमा खडा गरे र भने, “परमप्रभुले हामीलाई सारा यात्रामा मद्दत गर्नुभएको छ।” र त्यस ठाउँको नाम एबेन-एजेर (‘सहायताको चट्टान’) राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही नै मिस्पा र शेनको बीचमा शमूएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्यसलाई एबेन-एजेर भन्ने नाउँ राखे। तिनले भने, “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि शमूएलले एउटा विशेष ढुङ्गालाई स्मारकको रूपमा मिस्पा र शेनको गाऊँको बीचमा राखे र “सहायताको चट्टान” नाउँ दिए। शमूएलले भने, “परमप्रभुले यस ठाउँसम्म बाटोभरी नै हामीलाई सहायता गर्नुभयो।”