1 Samuel 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍तीहरूले एक्रोन र गातका बीचमा कब्‍जा गरेका सहरहरू सबै इस्राएललाई फर्काइदिए र इस्राएलले आफ्‍ना सारा इलाका हात पार्‍यो। इस्राएली र कनानीहरूका माझमा शान्‍ति स्‍थापना भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले लिएका एक्रोनदेखि गातसम्‍मका सहरहरू फेरि इस्राएललाई फर्काइदिए, र इस्राएलीहरूले छिमेकका इलाकाहरूलाई पलिश्‍तीहरूको शक्तिदेखि छुटाए। अनि इस्राएल र एमोरीहरूका बीचमा मिलाप भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए। त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।