1 Samuel 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरू सबै जना मिस्‍पामा भेला भए। तिनीहरूले पानी भरेर ल्‍याए अनि परमप्रभुको अघि भेटीको रूपमा खन्‍याए र त्‍यस दिनभरि उपवास बसे। तिनीहरूले भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” (मिस्‍पामा नै शमूएलले इस्राएलीहरू माझका झैझगडा मिलाइदिएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू त्‍यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्‍ने खन्‍याए। त्‍यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्‍यौं” भनी स्‍वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्‍पामा इस्राएलका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए।