1 Samuel 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा सबैभन्दा असल खेतबारी, दाखबारी र जैतुनबारी तिनले लिएर आफ्ना भारदारहरूलाई दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिमीहरूका सबैभन्दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्ना नोकर-चाकरहरूलाई दिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्।